ग्यास सिलिन्डर पड्किँदा सांसद चन्द्र भण्डारी घाइते, आईसीयूमा उपचार हुँदै

काठमाडौँ, ४ फाल्गुन – खाना पकाउने एलपी ग्यास सिलिण्डर विस्फोट हुँदा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी गम्भीर घाइते भएका छन्। बुद्धनगरस्थित निवासमा गएराति ग्यास सिलिण्डर विस्फोट हुँदा भण्डारीसँगै उनकी ८६ वर्षकी आमा पनि घाइते भएको कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिएका छन्।

हाल उनीहरुको कीर्तिपुर अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ। भण्डारीको शरीरको केही भाग र आमाको करिब ७० प्रतिशत शरीर जलेको चिकित्सकले बताएका छन्।

सांसद भण्डारीको शरीरको २५ प्रतिशत भाग जले पनि फोक्सोमा समेत असर परेकाले थप उपचारका लागि भारत लैजान चिकित्सकले सिफारिस गरेका छन् । राति साढे १ बजे कीर्तिपुरस्थित बर्न सेन्टर पुगेर भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको बताउँदै शर्माले शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार