कांग्रेस सांसद चन्द्र भण्डारीको मुम्बईमा आज दुई वटा शल्यक्रिया

काठमाडौं, ५ फागुन – नेपाली कांग्रेसका सांसद डा.चन्द्रकान्त भण्डारीको आज शल्यक्रिया हुने भएको छ । बुधवार राति ग्याँस लिक भएका कारण दुर्घटनामा परेका सांसद अधिकारीको आज बिहान १० बजे र २ बजे मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा शल्यक्रिया हुन लागेको हो ।

बम्बईस्थित नेपाली अगुवा शालिग्राम तिवारीका अनुसार वरिष्ठ चिकित्सकहरूको टिमले चन्द्र भण्डारीको स्वास्थ्य उपचार शुरू गरिसकेको छ । उनीहरूसँगै रहेका कांग्रेस नेता योगराज कडेँल र माधव न्यौपानेले दिएको जानकारी अनुसार भण्डारीको अवस्था स्थिर रहेको चिकित्सकले बताएका छन् ।

भण्डारीको उपचार नेपालमा सम्भव नहुने भनिए पछि हिजो दिउँसो श्रीएयरलाइन्सको विमान चार्टर्ड गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत लगिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार