आज कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं, ३० फागुन – नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार (चैत १ गते) का लागि बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनले समसामयिक विषयसँगै उपराष्ट्रपतिको बारेमा टुङ्गो लगाउन बैठक बस्न लागेको बताए । उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँदै छ । गठबन्धनमा रहेका दलबाट जसपाबाट रामसहायप्रसाद यादव र जनमत पार्टीबाट ममता झा चुनावी मैदानमा छन् । भने नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य (बोहरा) उम्मेदवार रहेकी छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार