आज स्ववीयू निर्वाचन, निर्वाचनमा सहयोग गर्न त्रिविको अपिल

काठमाडौं, ५ चैत्र  – त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका देशभरका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान भइरहेको छ ।  विगत १४ वर्षपछि स्ववीयू निर्वाचन हुन लागेको हो ।  स्ववीयू निर्वाचन ६० आङ्गिक र एक हजार ४० सम्बन्धन क्याम्पसमा स्ववीयू निर्वाचन हुँदै छ । त्रिविले प्रत्येक दुई-दुई वर्षमा हुने स्ववीयू निर्वाचन २०६५ सालयता नियमित हुन सकेको थिएन ।

अधिकारीले विगत १४ वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचनमा सफलतापूर्वक सम्पन्न गर्नका लागि सहयोग गर्न सबैसँग आग्र गरेका छन् । अधिकारीले सरकार, प्रदेश सरकार, स्थानीय सरकार, सुरक्षाकर्मी, पत्रकार, नागरिक समाज सबैलाई निर्वाचन सम्पन्न नहुन्जेलसम्म आवश्यक सहयोग गर्न अपिल गरेका छन् ।

अहिलेसम्म दुई आङ्गिक र केही सम्बन्धन प्राप्त क्याम्पसमा भएको स्ववियु निर्वाचनमा निर्विरोध निर्वाचित भइसकेको उनले बताएका छन्। स्ववियु निर्वाचन ६० आङ्गिक र एक हजार ४० सम्बन्धन क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ । त्रिविले प्रत्येक दुई÷दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालयता नियमित हुन सकेको थिएन । बिहान ८ बजेदेखि सुरु भएकाे मतदान दिउँसो ४ बजेसम्म  हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार