भ्रष्टाचारविरुद्ध नारायणचौरमा नागरिक समाजको प्रदर्शन

काठमाडौं, ३१ वैशाख – भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै प्रदर्शन भएको छ । काठमाडौंको नक्सालस्थित नारायणचौरमा उपस्थित भएका सयौं प्रदर्शनकारीले भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन । भ्रष्टाचारीलाई कारबाही गर, सामूहिक भ्रष्टाचार राज्य विरुद्धको अपराध हो जस्ता प्लेकार्ड बोकेर प्रदर्शनकारीरु जम्मा भएका थिए ।

देशैभरमा भ्रष्टाचार विरुद्धको अभियानमा नागरिक सडकमा उत्रिएका छन् । यो भभियानमा भोलि देशको नेतृत्व हाँक्न सक्ने हैसियत भएका युवा नेताहरु सहभागी भएका छन् । सो क्रममा नक्सालको नारायणचौरमा विभिन्न दलका नेताहरु, विभिन्न संघ संस्थाहरुको सहभागीतामा स्वतन्त्र रुपमा भ्रष्टाचारविरुद्ध प्रदर्शन भएको हो ।

अहिले चलिरहेको नक्कली भुटानी शरणार्थी ठगीमा उच्चस्तरका नेताहरुसमेत मुछिएपछि सबैलाई पक्राउ गर्न दबाब दिन प्रदर्शन गरिएको हो । विभिन्न पम्प्लेट र ब्यानरका साथ नाचगान गरी दबाबमुलक प्रदर्शन गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार