राष्ट्रिय वाणिज्य बैंकले नेपाली क्रिकेट टोलीलाई जनही एक लाख दिने

काठमाडौं, ४ जेठ  – राष्ट्रिय वाणिज्य बैंकले एसिया कपमा छानिन सफल नेपाली राष्ट्रिय क्रिकेट टिमका सबै खेलाडीलाई  एक एक लाख रुपैयाँ दिने भएको छ । वाणिज्य बैंकले नेपाली टिम एसिया कपमा छनोट भएका कारण नगद पुरस्कारसहित सम्मान गर्ने भएको हो ।

नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार सामाजिक सञ्जालमार्फत वाणिज्य बैंकले आगामी दिनमा पनि क्यानसँगको सहकार्यलाई अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरेको छ । वाणिज्य बैंकले नेपाली टिमका सबै खेलाडीलाई  एक एक लाख र टिमका अफिसियलहरूलाई जनही ५० हजार रुपैयाँ दिने जनाएको हो ।

नेपालले आगामी सेप्टेम्बरमा पहिलो पटक एसिया कप खेल्दैछ । नेपालको समूहमा भारत र पाकिस्तान रहेका छन् । नेपालले एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा स्थान सुरक्षित गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार