बजेटअघिको अन्तिम बैठक बस्दै, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेश गर्दै

काठमाडौं, १४ जेठ – प्रतिनिधि सभाको बैठक दिउँसो बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा सो बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०७९–८० को आर्थिक सर्वेक्षण पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ । यो बैठक अर्थमन्त्रीले आर्थिक वर्ष २०८०–८१ को बजेट भाषण गर्नुअघिको अन्तिम बैठक हुनेछ ।

अर्थमन्त्री डा. महत
काठमाडौँ, २७ वैशाख:
सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बुधबार बसेको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयकका सिद्दान्त र प्राथमिकतामाथि प्रतिनिधिसभाका सदस्यहरूबाट उठेका प्रश्नको जवाफ दिनुहुँदै अर्थमन्त्री डा. प्रकाशशरण महत। तस्बिर : चन्द्रकला क्षेत्री/रासस

यसअघि गत जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा पेश गरेको सरकारको नीति तथा कार्यक्रम संसदका दुवै सदनले पारित गरिसकेका छन् । राष्ट्रिय सभाले गत ९ गते र प्रतिनिधि सभाले १३ गते पारित गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार