आंफु मात्र जान्ने सुन्ने बांकी सबै खराब अरे

  बद्री सुवेदी, नवलपरासी

आज फेरि कुन्नि किन केहि लेख्न मन लाग्यो
सभ्य अनि सुसंस्कृत समाज देख्न मन लाग्यो।
सभ्यता र नैतिकतालाई बादलले ढाक्दै गाछ
त्यहि कालो बादललाई फेरि छेक्न मन लाग्यो ।
आंफु मात्र जान्ने सुन्ने बांकी सबै खराब अरे
यस्तो अहंकारि सोचलाई टाढै फेंक्न मन लाग्यो।
इमान जमान केहि छैन चारै तिर भ्रष्टाचार छ
बेथितिका बिरुद्धमा लौरो टेक्न मन लाग्यो ।
नेपालीको गौरवपूर्ण इतिहास नै धुमिल भयो
बोल्छु लेख्छु अब सधैं, प्रहार थेग्न मन लाग्यो ।
अस्तु
२०८०/ ०४/ ३२

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार