टी-२० विश्वकप छनोट फाइनलमा नेपाललाई सुपर ओभरमा हराउँदै ओमानले उपाधि जित्यो

काठमाडौं, १९ कात्तिक – आइसिसी टी-२० विश्वकप एसिया छनोटको उपाधि भिडन्तमा नेपाल पराजित भएको छ। आइतबार भएको उपाधि भिडन्तमा नेपाल ओमानसँग सुपर ओभरमा पराजित भयो। पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १८४ रन जोडेको थियो। जवाफी ब्याटिङ गरेको ओमानले पनि ९ विकेटको क्षतिमा १८४ रन नै जोड्यो। जसका कारण खेल सुपर ओभरमा पुग्यो।

सुपर ओभरमा नेपालका लागि अभिनास बोहराले बलिङ गरेका थिए। उनले पहिलो बलमा एक रन दिए। दोस्रो बलमा ओमानका नीशम खुसीले छक्का हिर्काए। तेस्रो बल डट भयो। चौथो बल पनि छक्का भयो। त्यसपछिको बल वाइड भयो। पाँचौ बलमा ओमानले छक्का हिर्कायो। अन्तिम बलमा एक रन लिँदा ओमानले सुपर ‌ओभरमा २१ रन जोड्यो। सुपर ओभरमा २२ रनको लक्ष्य पछ्याउदा नेपालका लागि कुशल भुर्तेल र गुल्सन झा ब्याटिङमा आए। बलिङमा ओमानका बिलाल खान थिए। तर पहिलो बलमै कुशल क्याच आउट भए।

त्यसपछि ब्याटिङमा आएका कुशल मल्लले दोस्रो बलमा रन लिन सकेनन्। तेस्रो बलमा मल्लले एक रन मात्र लिन सके। चौथो बलमा गुल्सन झाले एक रन लिए। पाँचौ र छैटौं बलमा गुल्सनले चौका हिर्काएपछि नेपालले १० रन मात्र जोड्न सक्यो।

टी–२० विश्वकप एसिया छनोटमा ओमानमा अलराउण्डर अकिब इतियास प्लेयर अफ दि टुर्नामेन्ट बनेका छन् ।सुपर ओपर ओभरमा घरेलु टोलीलाई पराजित गर्दै ओमानले उपाधि जितेको थियो । प्रतियोगितामा शत प्रतिशत जित दिलाउन भूमिका खेलेका उनी प्लेयर अफ दि टुर्नामेन्ट घोषित भए ।

नेपालका कुशल भुर्तेल बेस्ट ब्याटर बने । उनले पाँच खेलमा एक अर्धशतकसहित १८५ रन बनाएका थिए । ओमानका बिलाल खान बेस्ट बलर बने । उनले पाँच खेलमा ११ विकेट लिएका थिए । बेस्ट नेपाली प्लेयर अफ दि सिरिज गुल्सन झा बने । उनले मोटरसाइकल पुरस्कार पाएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार