एक सय दुई वर्षीया कांग्रेस नेतृ द्रौपदा शर्मा पोखरेलको निधन

काठमाडौं , ९ माघ – नेपाली कांग्रेसकी नेतृ द्रौपदा शर्मा पोखरेलको आज बिहान निधन भएको छ । एक सय दुई वर्षीया पोखरेलको आज बिहान ४ बजे काठमाडौंको सामाखुसी रानीबारीस्थित निवासमा निधन भएको हो ।२००७ सालको जनक्रान्तिको समयदेखि प्रजातन्त्र पुनःस्थापनामा उनको योगदान थियो ।

उनी २००७ सालको जनक्रान्तिपछि स्थानीय महिला सङ्घको अध्यक्ष बनेकी थिइन् । गोबर्धन शर्मा पोखरेलको पञ्चायतले सर्वस्वहरण गरेपछि उनलाई विसं २०१८ सालको जनक्रान्तिमा गिरफ्तार भई पैदल हिँडाइ पोखरा हिरासतमा लगिएको थियो ।

उनी राणा शासनको विरोधमा जहिल्यै क्रियाशील रहिन् । उनी नेपाली कांग्रेसमा लागेर तत्कालीन समयमा केन्द्रीय सदस्यसमेत भएकी थिइन् । उनी  गोबद्र्धन शर्मा स्मृति ट्रष्टकी अध्यक्ष र संरक्षक थिइन् । द्रौपदा नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत भएकी थिइन् । उनी गोवर्द्धन शर्मा स्मृति ट्रष्टको अध्यक्ष र संरक्षक थिइन् । उनको आजै पशुपतिमा अन्त्येष्टि गरिने जेठा छोरा रामचन्द्र पोख्रेलले जानकारी दिए ।

उनी स्वर्गीय गोवर्द्धन शर्मा पोखरेलकी पत्नी हुन् । उनी संविधानसभा सदस्य रामचन्द्र पोखरेल, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र पोखरेल, योजना आयोगको पूर्वउपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेल र सुवास पोख्रेल तथा छोरीहरु पि्रयंवदा र सत्यवतीकी आमा हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसकी पाकी नेतृ द्रौपदा शर्मा पोखरेलको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले परिवारका सदस्यहरूलाई टेलिफोन गरी द्रौपदाप्रति श्रद्धान्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार