काठमाडौं, १८ माघ – अन्तर्राष्ट्रिय बजारसँगै नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी) ले जनावरी ३१ तारिखमा नयाँ मूल्यसूची पठाएको नेपाल आयल निगमले जनाएको छ ।
डिजेल र पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँले र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढेको छ । खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर १५ रुपैयाँले मूल्य बढेको नेपाल आयल निगमले जनाएको छ । बढेको मूल्य बुधबार मध्यरातिदेखि नै लागू भएको छ ।
नयाँ मूल्यसूचीअनुसार बढीमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७०, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १५८, र एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १९ सय दश रुपैयाँ पुगेको छ ।