काँग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौं, १९ माघ– नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै छ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो २ बजे देखी सुरु हुनेछ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकका अनुसार सोमबारदेखि सुरु हुने हिउँदे अधिवेशनमा पार्टीले खेल्ने भूमिका तथा आगामी रणनीतिका बारेमा विषयमा छलफल गर्नका लागि उक्त बैठक बोलाइएको हो ।संसद्को हिउँदे अधिवेशन माघ २२ गते देखी सुरु हुँदै छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार