होटल व्यवसायीसंघ काठमाडौंको साधारण सभा तथा वनभोज कार्यक्रम सम्पन्न

काठमाडौं, २७ माघ – जिल्ला होटल व्यवसायी संघ काठमाडौं पाँचौं साधारण सभा तथा वनभोज कार्यक्रम काठमाडौं नैकापस्थित सफल भ्याली भ्यू रिसोर्टमा सम्पन्न भएको छ । जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष शैलेश कार्कीले उक्त कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो ।

यस कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सरकारका संस्कृति पर्यटन तथा सहकारी मन्त्री माननीय पुकार महर्जन, विशिष्ठ अतिथि होटल व्यवसायी महासंघ नेपालका बरिष्ठ उपाध्यक्ष श्री शेर बहादुर थापा, होटल व्यवसायी महासंघ नेपालका संरक्षक अमृत भुजेल, काठमाडौं जिल्ला समन्वय समिति अध्यक्ष सन्तोष बुढाथोकी, होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशका अध्यक्ष दामोदर नेपाल तथा अतिथिहरु सामुदायिक सेवा केन्द्र गंगबुका अध्यक्ष केदार पाठक, महिला उपकार समाजका अध्यक्ष श्रीमती गीता सिवाकोटी, संस्थाका सल्लाकारज्यूहरु, जिल्ला होटल व्यवसायी संघका सल्लाहकार महासंघका महासचिव मित्र प्रसाद ढकाल, जिल्ला सल्लाहकार महासंघमन लेदन संयोजक दिपेन सुवेदी, जिल्ला होटल महासंघका सल्लाहकार रमेश बराल, यम श्रेष्ठ, महासंघ केन्द्रीय सदस्य, ज्ञानु गजमेर, लक्ष्मण भण्डारी, इकाईका अध्यक्षहरु गणेश ढकाल, देवी प्रसाद कडेल, टिका रायमाझी, सरोज आले, रुद्र बहादुर न्यौपाने तथा व्यवसायी प्रतिनिधि तथा अतिथिहरुको सहभागीता थियो ।

कार्यक्रममा बरिष्ठ उपाध्यक्ष सुरेश आले तथा नेपाली होटल व्यवसायी संघका अध्यक्ष गणेश ढकालले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको संचालन संस्थाका महासचिव विष्णु प्रसाद घिमिरेले गर्नुभएको थियो भने बन्दसत्रको संचालन संस्थाका सचिव कुमार श्रेष्ठले गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश संस्कृति पर्यटन तथा सहकारी मन्त्री माननीय पुकार महर्जनले नेपाल भ्रमण वर्ष गर्न लागिएको जसले गर्दा होटल व्यवसाय तथा पर्यटन क्षेत्रमा टेवा पुग्ने तथा होटल व्यवसायीका समस्या तथा समाधानका लागि आफू सदैव तयार रहेको कुरा व्यक्त गर्नुभयो । होटल तथा व्यवसायीहरुको हक तथा हितका लागि सहजताको लागि ऐन कानुन परिवर्तन गर्न दिशामा आफू लाग्ने पनि बताउनु भएको थियो ।

कार्यक्रमका विशिष्ठ अतिथि सन्तोष बुढाथोकीले होटल तथा व्यवसायीको लागि विभिन्न तालिम संचालन गर्नुपर्ने तथा बाल श्रम शोषण तथा होटलमा हुने गरेका विकृति विसङ्गती हटाउनुपर्ने होटल तथा पर्यटनको लागि आफूले सहजीकरणको लागि सधै तत्पर रहेको कुरा पनि बताउनुभयो ।

कार्यक्रमका अध्यक्ष शैलेश कार्कीले सम्पूर्ण होटल व्यवसायी साथीहरुको सामीप्यता वनभोज कार्यक्रमले बढाउने तथा सम्पूर्ण होटल व्यवसायीहरुको हकको लागि आफू सदैव लडिरहनेकुरामा जोड दिनुभयो । होटल तथा पर्यटन व्यवसायी साथीको यो उपस्थितिले आफू निकै उत्साहित रहेको बताउनुभयो । बन्दसत्रमा संस्थाको गतिविधि तथा आर्थिक विवरण प्रस्तुत तथा बहुमतले पारित गरिएको थियो । मनोरञ्जनात्मक नृत्य तथा खेलकुद प्रतियोगिता पनि उक्त साधारण सभामा समावेश गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार