राष्ट्रिय बिज्ञापन संघ नेपाल र लायन्स क्लबद्वारा बिध्यार्थीहरुका लागि न्यानोलुगा बितरण

गोर्खा – राष्ट्रिय बिज्ञापन संघ नेपाल र लायन्स क्लबअफ काठमाडौं माउन्ट मकालु, काठमाडौं हिमालयज, काठमाडौं सिबपुरि द्वारा २०८० माघ २६ गोर्खाको मुच्चोक गाउँ पालिका वार्ड न ५, चतुर्माला माध्यामिक बिध्यालयका बिध्यार्थी भाइबहिनीहरुका लागि न्यानो टोपी तथा ट्राकसुट बितरण गरेको छ ।

उक्त कार्यक्रममा गोर्खाको मुच्चोक गाउँपालिका का अध्यक्ष दिपक देवकोटा, उपप्रमुख अनिता भुजेलको रोहबरमा चतुर्माला माध्यामिक बिध्यालयका सञ्चालक समितिका अध्यक्ष चिरञ्जिबी धीताल तथा प्रधान अध्यापक बुद्घी बहादुर विक लाई राष्ट्रिय बिज्ञापन संघ नेपालका अध्यक्ष धर्मेन्द्रकाजी श्रेष्ठ, लायन्स क्लब अफ काठमाडौं माउन्ट मकालुका पुर्व अध्यक्ष विश्वनाथ, लायन्स क्लब अफ काठमाडौं हिमालयजका सदस्य तथा जोन चियर पर्सन राजन कडेल, लायन्स क्लब अफ काठमाडौं सिबपुरिका पदम पोख्रेलले बिध्यालयका बिध्यार्थी भाइबहिनीहरुका लागी २६० थान न्यानो टोपी र १५५ थान  ट्राकसुट बितरण गरेको हो ।

गोर्खाको मुच्चोक गाउँपालिकाको उत्तरी भेगमा पर्ने भएकोले अत्यधिक चिसोका कारण पठनपाठनमा समस्या रहेकोहुदाँ उक्त विद्यालयमा न्यानो लुगा वितरण गरियको जानकारी राष्ट्रिय बिज्ञापन संघ नेपालका अध्यक्ष धर्मेन्द्रकाजी श्रेष्ठले दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार