काठमाडौं भुकुटी मण्डपको खाली ठाउँमा दुर्गा प्रसाईंको शक्ति प्रदर्शन

काठमाडौं, १ फाल्गुन  – मेडिकल व्यवसायी तथा ‘राष्ट्र बचाउ महाअभियान’का अभियन्ता दुर्गा प्रसाईँको कार्यक्रम भृकुटीमण्डपमा हुने भएको छ । आज (फागुन १ गते) टुँडिखेलमा कार्यक्रम गर्ने भनिएपनि अनुमति नपाएपछि भृकुटीमण्डपमा हुने भएको हो ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले भुकुटी मण्डपको खाली ठाउँमा विरोध प्रदर्शन गर्न प्रसाईलाई अनुमति प्रदान गरेको छ । प्रसाईंले लघुवित्त, सहकारी र बैंकबाट पीडितहरुको ऋण मिनाहा लगायतका माग राखेर काठमाडौंमा विरोध प्रदर्शन गर्न लागेका हुन् ।

अभियानले सहभागीलाई भृकुटीमण्डपसम्म पुग्नका लागि ७ वटा रुट तय गरेको छ । ती सातवटै रुटका लागि नेतृत्व र व्यवस्थापन गर्न अलगअलग टोली खटाइएको छ । एउटा टोली नारायणगोपाल चोकबाट नाराजुलुससहित लाजिम्पाट हुँदै भृकुटीमण्डप पुग्नेछ । अन्य टोलीहरू क्रमशः चाबहिल, कोटेश्वर–बानेश्वर, लगनखेल, बल्खु, कलंकी, कीर्तिपुर, बालाजु–नयाँ बसपार्कमा भेला भएर कार्यक्रमस्थल पुग्ने योजना बनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार