२०८१ सालको दशैं असोज २६ गते, भाइटिका कात्तिक १८ गते

काठमाडौं,२ फागुन – २०८१ सालकाे दशैंकाे टीका असोज २६ गते परेको छ । तिहारकाे भाइटीका कात्तिक १८ गते परेको छ ।  यसैगरी, असोज १७ गतेबाट नेपालीहरुको महान चाड बडा दशैं सुरु हुनेछ । २४ गते बिहीबारदेखि असाेज २८ गते साेमबारसम्म अर्थात् फूलपातीदेखि द्वादशीसम्म पाँच दिन सार्वजनिक बिदा छ ।

यस्तै, आगामी वर्षका बिदाहरु सार्वजनिक गर्दै सरकारले तिहारका लागि भने कात्तिक १५ गतेदेखि १९ गतेसम्म पाँच दिन सार्वजनिक बिदा दिने भएकाे छ । सरकारले २०८१ सालमा ३५ दिन सार्वजनिक बिदा दिने भएको छ । बुधबार गृह मन्त्रालयले सार्वजनिक सूचना जारी गरेर दिएको जानकारीअनुसार २०८१ सालमा ३५ दिन सार्वजनिक बिदा दिइएको छ ।

सार्वजनिक सूचीअनुसार २७ दिन पर्व बिदा, ६ वटा दिवस बिदा र २ वटा जन्मजयन्ती बिदा रहेका छन् । २०८१ सालमा २७ पुसमा पृथ्वीजयन्ती (राष्ट्रिय एकता दिवस) को पनि सार्वजनिक बिदा दिइएको छ ।  यसअघि १० जेठमा बुद्धजयन्तीको बिदा दिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार