प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले ल्यायो अफर

काठमाडौं, ७ फागुन – नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा शहीद परिवार र प्रिपेड र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि विभिन्न प्रकारका अफर उपलब्ध गराएको छ। सो अफर फागुन ६ गतेदेखि फागुन १२ गतेसम्म उपलब्ध हुने टेलिकमले जनाएको छ।

सो अफर अनुसार टेलिकमले देशमा लोकतन्त्र प्राप्तिको लागि आहुति दिने शहीदहरूको सम्मानार्थ शहीद परिवारलाई विभिन्न प्रकारको प्याकेज उपलब्ध गराउने भएको छ। जस अनुसार साविक बमोजमको फ्री रिसोर्स १ जिबी डाटा, १०० मिनेट अन–नेट भ्वाइस र १०० अन–नेट एसएमएस सुविधा भएको तथा ३० दिनसम्म सो रिसोर्स चलाउन मिल्ने सिमकार्ड शहिद परिवारलाई निःशुल्क उपलब्ध गराइने छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार