प्रभु बैंकका सिनियर डेपुटी सिइओ न्यौपानेसहित दश जना पक्राउ, अनुसन्धान गर्न सात दिनको म्याद

काठमाडौँ,  १५ फागुन  – केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले प्रभु बैंकका सिनियर डेपुटी सिइओ मनोज न्यौपानेसहित दश जनालाई पक्राउ गरेको छ । ऋण अपचलन गरेको अभियोगमा न्यौपानेसहित दश जनालाई आज पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता तथा प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

तत्कालीन सेन्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गरेका न्यौपाने तथा तुलसीराम गौतमसहित १० जना कर्मचारीलाई पनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धन ब्यूरो (सीआईबी)ले मंगलवार पक्राउ गरेको छ ।

सीआईबीका एक अनुसन्धान अधिकृतका अनुसार, सहकारीका सञ्चालक चौलागाईं तथा उनको आफन्तको नाममा रहेका विभिन्न कम्पनीलाई अत्यन्तै कमसल धितो राखेर गौतम तथा न्यौपानेले दुई अर्ब २५ करोड रुपैयाँ ऋण दिएको पाइएको हो ।

पक्राउ पर्ने अन्यमा तत्कालीन सेञ्जुरी बैंकका कर्मचारी दिलिप बराल, दिपेश प्रधान, रमण श्रेष्ठ र राजेश भण्डारीलगायत छन् । तत्कालीन सेञ्चुरी बैंक हालको प्रभु बैंकमा गाभिएको थियो । साविकको बैंकमा प्रमुख कार्यकारी अधिकृत रहेका न्यौपाने गाभिएपछि भने प्रभु बैंकको वरिष्ठ डेपुटी सीईओ बनेका थिए ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता तथा प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले “दश जनालाई नियन्त्रणमा लिएका छौँ”, भन्नुभयो, “अहिले छानबिन जारी छ । छानबिन सकिएपछि सबैको नाम सार्वजनिक गछौँ ।” प्रभु बैंकका सिनियर डेपुटी प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मनोज न्यौपानेसहित १० बैंकर्समाथि अनुसन्धान गर्न सात दिनको म्याद थप गरिएको छ ।

हिरासतमा राखेर अनुसन्धान गर्न उच्च अदालत पाटनले म्याद थप गरेको हो । बैंकिङ कसुरमा संलग्न भएको आरोपमा १० बैंकर्स मंगलबार पक्राउ परेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार