‘यो मन त मेरो नेपाली हो’मा आठ देशका कलाकारहरू

काठमाडौं – नेपाली चलचित्र ‘यो मन त मेरो नेपाली हो’मा आठ देशका कलाकारहरूलाई लिएर दोस्रो चरणको छायाङ्कन सुरु गरिएको छ । भारत, मलेसिया, पोल्यान्ड, अस्ट्रिया, बेल्जियम, ट्युनिसिया, जर्मनी, साउथ अफ्रिका लगायतका देशका कलाकारहरूले दोस्रो चरणमा अभिनय गर्ने बताइएको छ ।

अमेरिकामा रहेका साहित्यकार मित्र प्रधान (नर) को निर्देशन रहेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’लाई ज्ञान बहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन् । चलचित्रको पहिलो चरणमा नेपालको झापा, इलाम साथै भारतको सिक्किम, दार्जिलिङ, जयगाउ पश्चिम बङ्गाल लगायतको ठाउँमा चलचित्रको छायाङ्कन गरिएको थियो ।

यस चलचित्रमा रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल, आयुषा समाल, नारायण खाती, भूपेन्द्र लिङ्देन “मन्त्री”, सुवास भण्डारी, विजय सुब्बा, बिजिता बर्देवा, देवराज राजवंशी लगायतको अभिनय रहेको छ ।

शिवम अधिकारीको लेखन रहेको यसमा विश्वका विभिन्न देशहरूमा बसोबास गर्दै आएका नेपालीहरूको कथा रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार