जिल्ला होटल व्यावसायि संघ काठमाडौ र चिरायु नेशनल हस्पिटलबीच सम्झौता

काठमाडौँ, १४ चैत्र जिल्ला होटल व्यवसायि संघ काठमाडौँ र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युट बसुन्धरा बीच स्वास्थ्य सेवामा बिशेष छुट दिने सम्झौता भएको छ । काठमाडौँ जिल्ला भित्र सञ्चालनमा रहेका र विभिन्न आठ वटा ईकाईमा आवद्व रहेका हाेटलका सञ्चालक, सञ्चालकका परिवार, हाेटलका कर्मचारी र हाेटलमा आउने पाहुनाहरूलाई समेत छुट सहितकाे सेवा दिने गरि सम्झौँता भएको हो ।

कुनै पनि व्यवसायि अस्वस्थ भएमा बिशेष डाक्टरको टोली सहितको एम्बुलेसमा हस्पिटलसम्म पुराएर उपचार गरिदिने भएको छ । व्यवसायिहरुले कुनै पनि कार्यक्रम तथा गतिविधिहरु गर्दा हस्पिटलले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने जनाइएको छ साथै, औषधिहरु पनि निशुल्क प्रदान गरिने भएकाे छ ।

जिल्ला होटल व्यवसायि संघ काठमाडौँका अध्यक्ष शैलेश कार्किले होटल व्यवसाय र हस्पिटल भनेको सेवा दिने क्षेत्र भएकाले सँगै हातेमालो गर्दै जाने भन्ने उदेश्यले आज बुधबार सम्झौता भएको बताउनुभयो । साथै, आउने दिनहरुमा चिरायु हस्पिटलसँग जिल्ला होटल व्यवसायि संघ काठमाडौँ नजिक भएर हातेमालो गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस सम्झौता यहि चैत महिना बाटै लागु हुने बताउनुभयो ।

जिल्ला होटल व्यवसायि संघ काठमाडौँका  अध्यक्ष शैलेश कार्कि यस सम्झौताले निकै खुसि लागेको बताउनुभयो । करिब ३२ सय हाेटलका सञ्चालक, सञ्चालकका परिवार, हाेटलका कर्मचारी र हाेटलमा आउने पाहुनाहरूलाई समेत, र उनिहरुको परिवार र स्टाफ गर्दा लाखौँले सुविधा पाउने बताउनुभयो । उदार मनका साथ चिरायु हस्पिटलले स्वास्थ्य सेवा बिशेष छुट दिएको मा धन्यावाद व्यक्त गर्नुभयो । उहाँले मिसन, भिजन र प्लानका साथ दुवै पक्षमा सम्झौता भएको बताउदै पुर्णता पाएको र सम्बन्ध थप सुमुधुरहुने बताउनुभयो ।

जिल्फा हाेटल व्यवसायी संघ काठमाडौले गर्ने हरेक कार्यक्रममा निशुल्क स्वास्थ्यशिविर सञ्चालन गर्ने, व्यवसायीहरूलाई व्यवसाय देखी अस्पताल सम्म निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने, व्यवसायी हरूकै अनुराेध अनुसारकाे स्वास्थ्य परिक्षण सुपथ मूल्यमा प्याकेज  बनाउने लगायतका छुट सुविधा दिने सहमति भएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार