बालिकालाई गर्भवती बनाउने युवक पक्राउ

स्याङ्जा, १ जेठ – जबरजस्ती करणी गरी १५ बर्से बालिकालाई गर्भवती बनाएको आरोपमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ । डर, त्रासमा पारी बालिकालाई पटक पटक करणी गरेर गर्भवती बनाएका हरिनास गाउँपालिका –३ सिरिन्डाँडाका २१ वर्षीय रिम बहादुर थापालाई पक्राउ गरेको हो ।

परिवर्तित जिल्ला ४० स्थित आफ्नै घर कोठामा १५ वर्षीय परिवर्तित नाम ०८०/०८१ आधि खोला ९८ लाई अन्तिम पटक गत कार्तिक महिनाको राती अन्दाजी १० बजे करणी गरेका थापालाई पक्राउ गरिएको प्रहरी निरीक्षक पावल सिंह लामाले बताउनुभयो ।

पटक पटक करणी गरी गर्भवती बनाएको हुँदा कानुन बमोजिम कारबाही गरी पाउँ भन्दै परिवारले किटानी जाहेरी दिएकाले थापालाई पक्राउ गरिएको प्रहरी निरीक्षक लामाले बताउनुभयो ।

पक्राउ परेका थापालाई जबरजस्ती करणी मुद्दा दर्ता गरी स्याङ्जा अदालतबाट १० दिनको म्याद थप लिई आवश्यक अनुसन्धान अगाडि बढाएको लामाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार