सात रुपैयाँले घट्यो पेट्रोलको भाउ, डिजेल पनि सस्तो

काठमाडौँ, २  जेठ – पेट्रोलको मूल्य एकै पटक ७ रुपैयाँले घटेको छ । नेपाल आयल निगमले बुधबार मध्यरातपछि लागू हुने गरी मूल्य घटाएको हो ।  अब काठमाडौंमा पेट्रोल १७१ रुपैयाँ पर्नेछ । त्यस्तै डिजेल प्रतिलिटर ५ रुपैयाँले सस्तो भएको छ । काठमाडौँमा डिजेल १५४ रुपैयाँ कायम भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार