काठमाडौं, २८ पुस– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेको बयान जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासमा तोकिएको छ । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनको कसुरमा उनीमाथि काठमाडौं अदालतमा बयान हुने भएको हो ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत बिहीबार ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएका लामिछाने आज बिहान काठमाडौं अदालतमा आफैँ उपस्थित भएका थिए । स्वर्णलक्ष्मी सहकरीको रकम अपचन अभियोगमा लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा यही पुस २१ गते मुद्दा दायर भएको थियो।
त्यहाँबाट छुटे पनि शुक्रबार काठमाडौँ जिल्ला अदालतमा स्वयं हाजिर हुने भनिए पनि समय अभावका कारण उनी आज काठमाडौँ जिल्ला अदालतमा हाजिर भएका हुन् । उनीविरुद्ध परेको मुद्दामा प्रहरीले आइतबार लामिछानेलाई अदालतमा उपस्थित गराएको हो ।
कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछाने प्रतिवादी बनाइएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौँले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिएको छ । उनीमाथि यसअघि रुपन्देही, चितवन र पर्साको सहकारीमा पनि ठगी गरेको आरोपमा बयान भइसकेको छ ।