आशिका तामाङलाई पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले आशिका तामाङलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ । अभद्र व्यवहारको आरोपमा पक्राउ परेकी तामाङलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

तामाङलाई प्रहरी वृत्त गौशालामा राखिएको छ । अभद्र व्यवहारसम्बन्धी मुद्दामा बुधवार तामाङलाई पक्राउ गरिएको थियो । तामाङलाई पक्राउ गरि अनुसन्धान गरिरहेको प्रहरी वृत्त गौशालाका डिएसपी शुकदेव खनालले जानकारी दिए ।

‘हामीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमित प्राप्त भएको छ,’उनले भने, ‘आशिका तामाङलाई बुधवार पक्राउ गरेर अनुसन्धान अगाडी बढाएका छौँ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार