43
काठमाडौँ – नेपाल र बंगलादेशबीचको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल बराबरीमा सकिएको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेल गोलरहित बराबरीमा सकिएको हो ।
दुवै टिमले गोलका लागि केही अवसर पाएका भए पनि सदुपयोग भने गर्न सकेनन् ।
नेपालले अब आउँदो मंगलबार बंगलादेशविरुद्ध दोस्रो मैत्रीपूर्ण फुटबल खेल्नेछ । दशरथ रंगशालामै उक्त खेल साँझा ५ः३० बजेदेखि सुरु हुनेछ ।
जाग्यो रंगशाला
दशरथ रंगशालामा करिब दुई वर्षपछि पुरुष फुटबलको अन्तर्राष्ट्रिय खेल भएको हो ।
नेपाली टिमले पछिल्लोपटक सन् २०२३ को नोभेम्बरमा यमनविरुद्ध दशरथ रंगशालामा प्रतिस्पर्धा गरेको थियो । त्यसपछि पुरुष टिमले खेलेको थिएन ।
यो रंगशालालाई अयोग्य घोषित गर्दै अखिल नेपाल फुटबल संघ एन्फाले नेपालमा हुनुपर्ने खेल पनि विदेशमा खेलाइरहेको छ ।