7
काठमाडौं, १ चैत्र – प्रधानमन्त्री सुशिला कार्कीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर उनका बुबाको निधनप्रति समवेदना दिएकी छन् । प्रधानमन्त्री कार्की उनका पति प्रथम पुरूष दुर्गा सुवेदीसहित गुण्डु पुगेर ओलीलाई भेटेका हुन्।
प्रधानमन्त्री कार्कीले ओलीको निवास गुण्डुमा भेट गरेर उनका बुबा मोहन प्रसाद ओलीको निधनप्रति समवेदना प्रकट गर्दै दिवंगत बुबाप्रति श्रद्धाञ्जली व्यक्त गरेकी हुन् ।ओलीका ९७ बर्षिय बुबा मोहन प्रसाद ओलीको शुक्रबार निधन भएको थियो ।
