नवनियुक्त सभामुख डीपी अर्यालले लिए शपथ

by onn

काठमाडौं, २२ चैत – नवनियुक्त प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल (डीपी) ले पद तथा गोपनियताको शपथ लिएका छन् । शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्याललाई शपथ खुवाएका हुन् । त्यसपछि उनी आजै कार्यकक्ष पुगेर पदभार ग्रहण गर्दैछन् ।

सपथ समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

आजको प्रतिनिधिसभा बैठकबाट ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरेका थिए ।गत शुक्रबार उम्मेदवारी दर्ताको दिन अर्यालको मात्र उम्मेदवारी दर्ता भएकाले उनी निर्विरोध निर्वाचित भएका हुन् ।

सम्बन्धित खबर

Leave a Comment