सुबिसु र एपाक आइपीभी सिक्स काउन्सिल बीच ऐतिहासिक सम्झौता

by onn
Published: Updated:

काठमाडौं – नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र एसिया-प्रशान्त क्षेत्रमा IPv6 प्रवर्द्धनका लागि समर्पित संस्था एपाक आइपीभी सिक्स काउन्सिल (APAC IPv6 Council) बीच एक महत्त्वपूर्ण सहकार्य सम्झौतामा हस्ताक्षर भएको छ। चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीटको पहिलो दिन काठमाडौंको होटल र्‍याडिसनमा सम्पन्न यो सम्झौताले नेपालको डिजिटल पूर्वाधार विकासमा नयाँ ऐतिहासिक अध्याय थप्ने अपेक्षा गरिएको छ।

हस्ताक्षरकर्तासुबिसु श्री बिनय मोहन सउद प्रमुख कार्यकारी अधिकृत (CEO) सुबिसु लिमिटेड, नेपाल हस्ताक्षरकर्ता — APAC IPv6 प्रो. इमेरिटस डा. सुरेश्वरन रामादास अध्यक्ष (Chairman) APAC IPv6 Council, मलेसिया

यो सहकार्य सम्झौताले दुई संस्थाबीच प्राविधिक ज्ञान आदानप्रदान, विशेषज्ञ आदानप्रदान, संयुक्त प्रकाशन र परस्पर प्रचार-प्रसारको ढोका खोलेको छ। यस MoU अन्तर्गत सुबिसु लिमिटेडले APAC IPv6 Council को संस्थागत सदस्यताको रूपमा सहभागी हुने अवसर पनि पाउनेछ।

नेपालमायस्तोअन्तर्राष्ट्रियस्तरको प्रविधिसम्मेलनआयोजनागरी APAC IPv6 Council सँगऔपचारिक साझेदारी गाँस्नपाउनु हाम्रालागि गर्वको विषय हो।योसम्झौताले नेपाललाई एसिया-प्रशान्तक्षेत्रको प्रविधि विमर्शको केन्द्रमास्था पित गर्नसघाउनेछ।” सुबिसु लिमिटेडका CEO बिनय मोहन साउदले बताए ।

APAC IPv6 Council भनेको IPv6 Forum को एसिया-प्रशान्त च्याप्टर हो, जसको उद्देश्य यस क्षेत्रमा IPv6 को प्रवर्द्धन र विस्तार गर्नु हो। यसमा व्यक्तिगत तथा संस्थागत सदस्यहरू रहेका छन् र यसले नेटवर्किङ तथा दूरसञ्चार पूर्वाधारमा IPv6 को सफल एकीकरणका लागि प्राविधिक नेतृत्व प्रदान गर्दछ।

यस सम्झौताका मुख्य सहकार्य क्षेत्रहरूमा समावेश छन्:
– प्राविधिक ज्ञान, कागजात तथा उत्कृष्ट अभ्यासहरूको सूचना आदानप्रदान
– एक-अर्काका प्रकाशनहरूमा लेखरचनाको योगदान
– परस्पर अनुमतिसहित एक-अर्काको नाम र लोगोको प्रचारमा उपयोग
– ज्ञान साझाकरणका लागि विशेषज्ञ आदानप्रदान

यो सम्झौता नेपालको डिजिटलनेपाल अभियानलाई थप बल दिने तथा देशको इन्टरनेट पूर्वाधारलाई वैश्विक मानदण्डसँग तुलनीय बनाउने दिशामा एक सुदृढ कदम मानिएको छ। IPv6 को अवलम्बन भविष्यको इन्टरनेट विस्तार, IoT, र क्लाउड कम्प्युटिङका लागि अपरिहार्य मानिन्छ, र यस सम्झौताले नेपालका संस्थाहरूलाई यस दिशामा अघि बढ्न प्रेरणा दिनेछ।

सुबिसुलिमिटेड विगत २५ वर्षदेखि नेपालमा उच्चस्तरीय ब्रोडब्यान्ड, इन्टरप्राइज कनेक्टिभिटी र डिजिटल सेवा प्रदान गर्दै आइरहेको नेपालको अग्रणी ISP हो। यस MoU हस्ताक्षरसँगै सुबिसु APAC IPv6 Council को संस्थागत ljlzi6 सदस्य बन्ने अवसर पाएको छ, जसले नेपालको प्राविधिक समुदायलाई क्षेत्रीय र वैश्विक मञ्चमा प्रतिनिधित्व गर्ने अवसर प्रदान गर्नेछ।

सम्बन्धित खबर

Leave a Comment