10
काठमाडौं, १३ श्रावण – नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ।आज बसेको केन्द्रीय समिति बैठकले तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको कावा मुख्यसचिव कृष्णप्रसाद दुलालले बताए।
उनका अनुसार साउन १३ देखि १५ गतेसम्म पार्टीको केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय भएको छ। १४ गते सबै कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ।
१३ औँ दिनमा गृह जिल्ला (स्याङ्जा)को कालिगण्डकी राम्दीघाटमा अस्तु विसर्जन गरी जिल्लामा शोक सभाको आयोजना समेत गर्ने निर्णय गरेको छ।
