टिभी कार्यक्रम ‘इट्स माइ शो’ विवादबारे बारे बोल्यो चलचित्र कलाकार संघ

by onn
Published: Updated:

काठमाडौं, १३ असार – हालै कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको कार्यक्रम ‘इट्स माई शो’ नया श्रृङखलामा कार्यक्रम संचालिका ओसिन सिटौला तथा अतिथिका रुपमा निमत्यायीएका कलाकार स्वस्तिमा खड्का तथा साम्राज्ञी आर.एल. शाहको विवादित प्रस्तुतिलाई लिएर नेपाल चलचित्र कलाकार संघले कडा आपत्ति प्रकट गरेको छ ।

टेलीभिजनमा प्रसाारीत उक्त कार्यक्रमले नेपाली चलचित्र क्षेत्र, कलाकारिता पेसा, वर्ग र सामाजिक दायित्वमा समेत आघात पुगेको संघले ठहर गरेको छ । संघका अध्यक्ष मोहन निरौलाले बुधबार एक विज्ञप्ति जारी गर्दै विवादित कार्यक्रमप्रति ध्यानाकर्षण भएको जनाएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, “हालै एक टेलिभिजनको कार्यक्रमको प्रस्तुति र त्यस कार्यक्रममा सहभागी कलाकारको अमर्यादित, अशोभनीय, गैरजिम्मेवारीपूर्ण अभिव्यक्तिप्रति नेपाल चलचित्र कलाकार संघको ध्यानाकार्षण भएको छ । उक्त कार्यक्रममा सहभागी कलाकारको अभिव्यक्तिले नेपाली चलचित्र क्षेत्र, कलाकारिता पेशा, वर्ग र सामाजिक दायित्वमा आघात पुगेको हाम्रो ठहर छ ।

आफ्नो स्वतन्त्रता र अधिकारको प्रयोग गर्दा अरुको मानमर्दन गर्नु हुँदैन भन्ने सामान्य मान्यतालाई पनि उक्त अभिव्यक्तिले लत्याएको छ । एउटा सार्वजनिक कार्यक्रममार्फत अरुको अपहेलना गर्नु, मानमर्दन गर्नु न्यायसगत ठहर्दैन र हुँदैन पनि ।”

‘यस अघी पनि केही कलाकारहरूले सामाजिक मर्यादा विपरित अनुशासन विपरीत आचार संहिता पालन नगरी अभिव्यक्ति दिनु भएकोमा संघको ध्यानाकार्षण भई सचेत पनि गराएका थियौं ।

प्रस्तुत सन्दर्भमा पनि सम्बन्धित कलाकारलाई सचेत गराउँदै भविष्यमा पेशा, वर्ग र चलचित्र क्षेत्रलाई असर गर्ने कुनै पनि कृयाकलाप र अभिव्यक्ति नदिन हामी यही विज्ञप्ति मार्फत अनुरोध गर्दछौँ,’ संघले भनेको छ । कान्तिपुर टेलीभिजन बाट प्रसारीत उक्त कार्यक्रमको अहिले चौतर्फी बिरोध भईरहेको छ। यस अघि यो शो सुरज सिंह ठकुरीले चलाउदै आएका थिए । उनले कान्तिपुर टि.भी. संगै उक्त शो छाडेपछि ओसिन सिटौलाले उक्त शो चलाउन लागेकी हुन ।

सम्बन्धित खबर

Leave a Comment