बखत बहादुर शाहीको ‘भ्या’ उपन्यास लोकार्पण

by onn
Published: Updated:

काठमाडौं – राजनीतिज्ञ तथा साहित्यकार बखत बहादुर शाहीको कर्णालीको धर्म र संस्कृतिमा आधारित सामाजिक उपन्यास ‘भ्या’ काठमाडौंको संवाद डबलीमा अनावरण भयो । उक्त लोकार्पँण समारोहमा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवन बहादुर शाही, सभासद रीता शाही, सांसद प्रतिमा गौतम, समीक्षक राजकुमार बानिया, श‍कर तिवारी, सुमन वर्षा लगायतले ले कृतिमाथि समिक्षा गर्नुभएको थियो ।

बखत बहादुरकोे साहित्यिक कृति ‘भ्या’ को लोकर्पण कार्यक्रममा प्रमुख अतिथि कर्णाली प्रदेश पूर्व मुख्यमन्त्री जीवन शाही हुनुहुन्थ्यो उहाँले कर्णाली प्रदेश हरेक हिसाबले धनी रहेको बताउनुभएको छ । कर्णालीको वास्तविक चित्रण उपन्यासमा भएको यो ऐतिहासिक कृति रहेको नेता शाहीले बताए । समिक्षक राजकुमार बानियाले उपन्यास पढ्दा आफू कर्णाली क्षेत्र विशेष गरी हुम्लामा पुगेजस्तो आभाष हुने कुरा बताउनु भयो ।

समिक्षक सुमन वर्षाले उक्त उपन्यासको चिरफार गर्दै नेपाली समाज, धर्म संस्कृतिको जगेर्ना पूर्वज तथा अग्रजको सम्मान तथा ऐतिहासिक कुरा केलाएर लिखित यो उपन्यास एकपटक सबैले पढ्नै पर्ने सुझाव समेत दिनुभएको थियो । सो पुस्तकलाई अध्ययन गरेपछि हुम्ला र कर्णालीका महिलाहरुको वास्तविकता चित्रण भएको तथा त्यसभित्र सकारात्मक र नकारात्मक दुवै पक्ष झल्किएको बताउनुभयो ।

समीक्षक शंकर तिवारिले सो उपन्यासले हुम्लाको भाषा र संस्कृतिक पक्षलाई उजागर गरेको र सबैले अध्ययन पश्चात कर्णालीको वास्तविक समाज बुझ्न सघाउ पुग्ने बताए । लेखक बखतबहादुर शाहीले पुरानो धर्म, संस्कार र संस्कृतिले समाजलाई नैतिकवान बनाउने कडि रहेको बताउँदै, कर्णालीवासीहरु कैलास मानशरोवरको पानी बग्दै आएको र यसको प्रभावले त्यहाँका मानिस तिक्ष्ण, बौद्धिक र कम रिसाउने खालका हुन्छन् ।

भगवान शिवको जन्मस्थल कैलाश मानसरोवरको छाँया तथा त्यहाँको जल बग्दै हाम्रो खोला नाला भएर बग्ने हुँदा त्यहाँका मानिस नैतिकवान हुने विश्वास गर्नुभयो । उक्त उपन्यास आफूले पि.एच.डी अध्ययन गर्दा गर्दै उक्त उपन्यासको जन्म दिन सकेको कुरा बताउनु भयो । उहाँका २ वटा कृति यसअघि नै प्रकाशित छन् ।

उपन्यास अनावरण समारोहमा विभिन्न राजनैतिक, व्यक्तित्व तथा उल्लेख्य रुपमा युवा युवतीहरको सहभागीता रहेको थियो । कार्यक्रममा रिता शाही, प्रतिमा गौतमले मनोजमाणी आचार्यले शुभकामना मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन मोतिराज बमले गरेका थिए ।
कर्णाली आसपास तथा हुम्ला जिल्लामा ‘भ्या’ लाई ‘विवाह’ भन्ने चलन रहेको र विवाह, प्रेम, धर्म, संस्कृतिलाई समेटेर रचना गरिएको उपन्यास शिखा बुक्सद्वारा प्रकाशित गरिएको छ ।

सम्बन्धित खबर

Leave a Comment