एआइजी तामाङलाई काठमाडौं उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी, किरण बज्राचार्य अवकाशमा

by onn
Published: Updated:

काठमाडौं, १७ पुष – प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेकबहादुर तामाङलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुखको जिम्मेवारी दिइएको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले एआइजी तामाङलाई कार्यालय प्रमुखको रूपमा सरूवा गरेको हो ।

कार्यालयमा प्रमुख रहेकी एआइजी किरण बज्राचार्य मंगलबारदेखि अवकाशमा गएकी थिइन् । उनी अवकाशमा गएसँगै उनको ठाउँमा तामाङलाई पठाइएको हो । तामाङ यसअघि अपराध अनुसन्धान विभागका प्रमुख थिए ।

सम्बन्धित खबर

Leave a Comment