संघको प्रथम उपाध्यक्षमा सिटी एक्प्रेस मिडिया प्रालिका अमृतकुमार पन्थी, द्धितिय उपाध्यक्षमा एड चौतारीका आशिष खड्का, महासचिवमा मिडिया जर्नलमा बिमल खड्का, सचिवमा नेपाल मिडिया हाउस प्रालिका नवराज निरौला, कोषाध्यक्षमा स्मारिका ट्रेडर्स प्रालिका अरुण आर्याल र सहकोषाध्यक्षमा सिगास मिडिया हव प्रालिका चन्द्रकान्त अवस्थी सर्वसम्मत रुपमा निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता प्रदिप सत्यालले जानकारी दिए ।
त्यस्तै सदस्यहरुमा स्वर्गद्धवारी मिडिया प्रालिका बसन्त योगी, डच मिडिया प्रालिका रवि अर्याल, एमबिसस मिडिया प्रालिका राधाकुमारी ढकाल रोजी, प्रिन्ट प्रो इन्टरप्राइजेजका अनुप अधिकारी, के एण्ड आर जिटल मार्केटिङका कुलराज भट्टराई, पोलिसी मिडिया प्रालिका सविन पोखरेल, नेशनल मिडिया सर्भिस प्रालिका अदिप पाठक निर्वाचित भएका छन् ।
सम्पन्न् प्रथम महाधिवेशनको संचारमन्त्री पृथ्वी सुब्बा गुरुङले उदघाटन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विज्ञापन बजार व्यवस्थापन र सुदृढ गर्न राष्ट्रिय विज्ञापन नीति अत्यन्त आवश्यक रहेको बताउदै पुरानो नीति र व्यवस्थामा चलेको विज्ञापन नीति समयानुकूल परिमार्जन गर्न नसक्दा व्यवहारमा जटिलता आएको बताए ।
सूचना प्रविधिको विकास बढ्दो भए पनि ऐन र कानुन पुरानै प्रवृत्तिमा रहेकाले कार्यान्व्यनमा समस्या आएको औँल्याउदै उनले सञ्चार तथा सूचना प्रविधिम मन्त्रालयले आफ्नो मातहतका सबै निकायलाई चुस्त बनाउन आवश्यक ऐन र नीति परिमार्जन गर्नतर्फ केन्द्रित रहेको समेत बताए ।
उक्त कार्यक्रममा बिज्ञापन बोर्डका कार्यकारी अध्यक्ष्य लक्ष्मण हुमागाई, मिडिया एलाईन्सका अध्यक्ष्य भास्करराज राजकर्णिकार, सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) का इन्चार्ज दिपक आचार्य, ब्रोडकास्टिङ एशोसियसन अफ नेपाल (बान) का अध्यक्ष कुमार भट्टराईज्यू,, पत्रकार महासंघका उपाध्यक्ष एवम् बिभिन्न् मिडियाका संचार उद्यमीहरु अथितिका रुपमा उपस्थित रहेका थिए।