ताला लगाएको कोठाभित्र युवतीको शव भेटियो

by onn
Published: Updated:

काठमाडौं, ९ असार – धनगढीमा एक युवती ताला लगाएको कोठाभित्र मृत फेला परेकी छन्। धनगढी उपमहानगरपालिका-२ को बैयाबेहडीमा सोमबार बिहान ३० वर्षीया रेणु चौधरी मृत फेला परेकी हुन् ।

उनी कञ्चनपुरको पुनर्वास नगरपालिका-११ अमरबस्तीकी रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार मृतक चौधरी त्यहाँ कोठा भाडामा बस्दै आएकी थिइन् ।

कोठाको ढोकामा बाहिरबाट ताल्चा लगाएको अवस्थामा उनी मृत भेटिएको डीएसपी सिंहले जानकारी दिए । घटनास्थल शिल गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

Leave a Comment