35
पोखरा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग) केन्द्रित अभियानका क्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिबेला लमजुङमा रहेका छन् ।
उनीसँगै केन्द्रबाट सहभागी भएको टिमले आज बिहान भोर्लेटार क्षेत्रमा मर्निङ वाक गरेको छ । सो क्रममा जिल्लाका विभिन्न नेताहरू पनि सहभागी भएका थिए ।
मर्निङ वाककै क्रममा प्रचण्डले विभिन्न सहिद परिवारसँग भेटघाट पनि गरेका छन् ।