काठमाडौं, २४ भाद्र – कृषिमन्त्री रामनाथ अधिकारीले राजीनामा दिएका छन् । कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको साथ छाड्न आनाकानी गरेपछि मन्त्री अधिकारीले मंगलबार बिहान राजीनामा दिएका हुन् ।
कर्फ्युका बाहिर निसक्न नसकेका अधिकारीले प्रधानमन्त्री र पार्टी सभापतिलाई जानकारी दिइसकेका छन् । अधिकारीले आफ्नो राजीनामा पत्रमा देश र जनतासमक्ष नैतिक रूपमा क्षमा याचना गर्दै वर्तमान सरकारका गतिविधिप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । उनले अहिंसा र लोकतन्त्रलाई आफ्नो पार्टीको प्राण भन्दै सधैं त्यसको पक्षमा उभिने प्रतिबद्धता व्यक्त गरेका छन् । तर, पछिल्लो समयमा देशमा भ्रष्टाचार, अभिव्यक्ति स्वतन्त्रतामाथिको नियन्त्रण, र नागरिकको नैसर्गिक अधिकारमाथि भइरहेको दमनले आफूलाई अत्यन्तै मर्माहत बनाएको बताएका छन् ।
उनले सरकारको नेतृत्व गरिरहेका व्यक्तिहरूले जनसहभागिता र विकासको सट्टा युद्धको जस्तो व्यवहार गरिरहेको आरोप लगाएका छन् । ‘देश निर्माण गर्ने सहकार्य गर्नु पर्नेमा पुस्तक कसरी युद्ध जस्तो व्यवहार हुन पुग्योरु यसको जवाफ नखोज्दा सम्म वस्तु मेरा लागि सहनु भएन,’ अधिकारीले आफ्नो पत्रमा लेखेका छन्, ‘स-साना कुरामा फालोखोसोरीहरूका नाममा देशलाई नै धोकाकुल पारेर सरकारमा बसिरहेको मेरो नैतिकत र मेरो दलले मलाई प्रदान गरेको शिक्षाको खिलाफ हुने भए भनेर ब्रम्ह्ले चेतावनी दिएको र मलाई मेरो पदीय जिम्मेवारीमा टाँसिरहनु अपराधीक भएकोले देश र जनसमक्ष नैतिक रूपमा क्षमा याचना गर्दछु ।’
यसअघि नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पनि अधिकारीलाई सरकारबाट बाहिरिन सुझाव दिएका थिए । हाल चीन भ्रमणमा रहेका कोइरालाले त्यहाँबाटै अधिकारीलाई राजीनामा दिन भनेको स्रोतले जनाएको छ । सोमबार भएको जनआन्दोलनमा सरकारले दमन गर्दा १९ जना युवाको मृत्यु भएको घटनालाई लिएर कांग्रेसभित्र सरकार छाड्नुपर्ने दबाब बढेको छ ।
तर, सभापति शेरबहादुर देउवाले यस विषयमा हालसम्म कुनै ठोस निर्णय गरेका छैनन्, जसका कारण कांग्रेसभित्रै चर्को आलोचना भइरहेको छ । कांग्रेसका महामन्त्री गगन थापाले पनि ओली सरकारबाट बाहिरिनुपर्नेमा जोड दिइरहेका छन् । यो राजीनामासँगै नेपालको राजनीतिमा नयाँ तरङ्ग पैदा भएको छ ।