जेनजी आन्दोलनका इन्चार्जहरूलाई उपत्यका नछाड्न निर्देशन

by onn
Published: Updated:

काठमाडौँ, १७ कात्तिक – प्रहरी प्रधान कार्यालयले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा काठमाडौँमा जिम्मेवारी सम्हालेका तत्कालीन इन्चार्जहरूलाई उपत्यका बाहिर नजान निर्देशन दिएको छ । जाँचबुझ आयोगबाट प्राप्त पत्रका आधारमा मुख्यालयले काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीलाई पत्र पठाउँदै ती इन्चार्जहरूलाई आवश्यक परे तुरुन्त उपस्थित गराउन सकिने व्यवस्था मिलाउन भनेको हो ।

आयोगले आन्दोलनका बेला भएका दमन र त्यसपछिका आगजनी घटनाबारे अनुसन्धान अघि बढाइरहेको छ । विशेषगरी बढी क्षति भएका क्षेत्रका तत्कालीन प्रहरी इन्चार्जहरूलाई बयानका लागि कुनै पनि समयमा बोलाउन सकिने भएकाले उनीहरूलाई उपत्यकाभित्रै रहन अनुरोध गरिएको हो ।

आयोगले आइतबारदेखि औपचारिक सोधपुछ प्रक्रिया सुरु गरेको छ । पहिलो दिन नख्खु कारागारका जेलरसँग बयान लिइएको थियो । भदौ २३ गतेको आन्दोलनका क्रममा गोली प्रहारबाट २२ जनाले ज्यान गुमाएका थिए ।

सम्बन्धित खबर

Leave a Comment