विभाजित रहेका राप्रपा र राप्रपा नेपाल एकतामा

by onn

काठमाडौं, १० पुस – लामो समयदेखि विभाजित रहेका राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच बुधबार एकता सहमति सम्पन्न भएको छ। धुम्बाराहीमा स्थित  राप्रपाको केन्द्रीय कार्यालय बसेको बैठकले एकता सहमति पत्रमा साँझ ७ बजे हस्ताक्षर गरिएकाे हाे  ।

सहमति भए पनि पद बाँडफाँटको कुरा नभएको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन्  । श्रेष्ठले भने, ‘अहिलेसम्म सहमति मात्र भएको छ, पद बाँडफाँटको कुरा भइसकेको छैन। कमल थापा कुनै बार्गेनिङ नगरी एकताका लागि तयार हुनु भएको छ।’

पूर्वाध्यक्ष थापाले ०७८ माघ २५ गते राप्रपाबाट अलग हुने घोषणा गरेका थिए। त्यसअघि ०७८ मंसिरमा भएको महाधिवेशनमा आफूलाई पराजित गराइएको आरोप लगाएका थापाले ०७८ फागुन ७ गते राप्रपा नेपाल गठनको घोषणा गरेका थिए।यस एकताले पार्टीको राष्ट्रिय राजनीतिक प्रभाव बढाउने र आगामी चुनावमा एकजुट शक्ति प्रस्तुत गर्ने संभावना बनाएको विश्लेषकहरु बताउछन् ।

सम्बन्धित खबर

Leave a Comment