काठमाडौँ, ४ माघ – राष्ट्रिय सभाका तीन जना सदस्यले राजीनामा दिएका छन् । सांसदहरू नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसमक्ष राजीनामा दिएका हुन् ।
श्रेष्ठ, गौतम र न्यौपाने फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् । श्रेष्ठ, गौतम र न्यौपानेले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएका छन् । उनिहरुले आइतबार बिहान राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललाई राजीनामा बुझाएका हुन् ।
फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि नेपाली कम्युनिस्ट पार्टीले श्रेष्ठलाई सर्लाही ३ बाट उम्मेदवार बनाएको छ । श्रेष्ठले राजीनामा दिएको जानकारी संसद् सचिवालयले निर्वाचन आयोगलाई जानकारी गराउने अध्यक्ष दाहालका प्रेस सल्लाहकार दिल्ली मल्लले जानकारी दिए ।
श्रेष्ठ २०७६ साल माघमा गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए । उनको कार्यकाल यही फागुन २० गते समाप्त हुँदैछ ।
