नेपाल टेलिकमले आगामी फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै FIFA World Cup 2026 …TV Package उपलब्ध गराउने भएको छ ।
विश्व खेलकुदको महाकुम्भ FIFA World Cup 2026 लाई मध्यनजर गर्दै IPTV ग्राहकहरूका लागि FIFA World Cup 2026 …TV Package उपलब्ध गराउने भएको हो । यस अन्तर्गत सम्पूर्ण IPTV ग्राहकहरूले ९९९ रुपैयाँमा सो प्याकेज खरिद गरी विश्वकपका रोमाञ्चक खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न सक्नु हुनेछ ।
NTTV ग्राहकहरूले आफ्नो टेलिभिजन सेट मार्फत हिमालय स्पोर्ट्स च्यानल छनोट गर्नासाथ स्क्रिनमा एउटा छुट्टै इन्ट्री स्क्रिन प्राप्त हुनेछ । उक्त स्क्रिनमा नेपाल टेलिकमको प्रिपेड वा पोस्टपेड मोबाइल नम्बर राख्नासाथ एउटा OTP प्राप्त हुनेछ । सो OTP टीभी स्क्रिनमा Enter गरेपछि ग्राहकको मोबाइल ब्यालेन्सबाट ९९९ रुपैयाँ कट्टा भई प्याकेज तुरुन्त सुचारु हुनेछ । साथै, नजिकको नेपाल टेलिकमको ग्राहक सेवा केन्द्रबाट पनि उक्त प्याकेज सक्रिय गर्न सकिने छ ।
आगामी जेठ २६ देखि साउन ३ सम्म वार्षिक १०० Mbps वा सोभन्दा बढी गतिको Internet with Premium IPTV package नयाँ जडान गर्ने, नवीकरण गर्ने वा १००Mbps भन्दा मुनिको प्याकेजबाट १०० Mbps वा सोभन्दा माथिको प्याकेजमा अपग्रेड हुने ग्राहकहरूले FIFA World Cup 2026 …TV Package बोनसको रूपमा निःशुल्क प्राप्त गर्न सक्नु हुनेछ । उक्त बोनस प्याकेज प्राप्त गर्न ग्राहकले आफ्नो मोबाइलबाट *1416# डायल गर्न सक्नु हुनेछ ।
नेपाल टेलिकम आफ्ना ग्राहकहरूलाई उच्च गुणस्तरीय प्रविधि र खेलकुदको उत्कृष्ट मनोरञ्जन प्रदान गर्न सदैव प्रतिबद्ध छ । थप जानकारीका लागि नेपाल टेलिकमको नजिकैको ग्राहक सेवा केन्द्र वा आधिकारिक वेबसाइट वा सामाजिक सञ्जालहरुमार्फत सम्पर्क गर्न सकिनेछ ।
