रास्वपाको प्रथम महाधिवेशन शुरु, रवि र बालेनले घन्टी बजाएर गरे उद्घाटन

by onn
Published: Updated:

चितवन, ७ असार – चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन सुरु भएकाे छ । भरतपुरको गेष्ट हाउस चौरमा महाधिवेशनको उद्घाटन सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले घन्टी बजाएर गरेका छन् ।

उद्घाटन सत्रमा सहभागी हुन पार्टी सभापति रवि लामिछाने, प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन शाह, विभिन्न दलका प्रतिनिधि, महाधिवेशन प्रतिनिधि लगायत शुभचिन्तक र पार्टी कार्यकर्ताहरू बाक्लो संख्यामा उपस्थित भएका छन् ।

रास्वपाको महाधिवेशनको उद्घाटन सत्रमा काँग्रेसका सभापति गगन थापा सहित नेकपा एमालेका नेता प्रदीप ज्ञवाली, नेकपाका नेता बर्षामान पुन र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनल, डा. बाबुराम भट्टराई, डा. सिके राउतलगायतका नेताहरु सहभागी भएका छन् छन् ।

रास्वपाका अनुसार देशभरका जिल्ला, प्रदेश तथा विदेशस्थित सम्पर्क समितिबाट ४ हजार २१८ प्रतिनिधिले भाग लिदैछन् । संशोधित विधान अनुसार, १९ पदाधिकारीसहित १५८ केन्द्रीय सदस्य रहने कार्यसमिति चुनिनेछन् ।

सम्बन्धित खबर

Leave a Comment