14
काठमाडौं, १७ असार – अमेरिका–इरान युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा बढेको कच्चा तेलको मूल्यका कारण लामो समयदेखि महँगिएको पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य कटौती गरिएको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरिकुमारी यादव र नेपाल आयल निगमका अधिकारीहरूबीच भएको छलफलपछि इन्धनको मूल्य घटाउने निर्णय गरिएको हो।
सोही निर्णयअनुसार नेपाल आयल निगम लिमिटेडले मङ्गलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ र आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ४० रुपैयाँ मूल्य घटाएको छ।
