आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

by onn

काठमाण्डौ, २१ श्रावण – आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज अपराह्न १:१५ बजेदेखि बैठक शुरु हुँदैछ ।आजको बैठकमा गृहमन्त्री सुधन गुरुङ र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यसूची रहेको छ ।

त्यस्तै, सांसद कमला पन्तले ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी सम्बन्धमा गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसुची रहेको छ ।

त्यसैगरी, कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक,२०८३’ सभामा पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

सम्बन्धित खबर