कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै, के के छन् एजेण्डा ?

by onn
Published: Updated:

काठमाण्डौ, २४ श्रावण । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टीका अनुसार बैठक आज दिउँसो १ बजेदेखि ललितपुरस्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बस्दैछ ।

बैठकले पार्टीको १५औं महाधिवेशनसहित समसामयिक विषयमा छलफल गर्ने बताइएको छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थित हुन भनिएको छ । बैठकमा इतर समूहले बोलाएको राष्ट्रिय भेला, पार्टीको आगामी महाधिवेशन तथा पार्टीका बारेमा सर्वोच्च अदालतको पछिल्लो निर्णयलगायत विषयमा छलफल हुने बताइएको छ।

कम्तिमा दुईदिनसम्म चल्ने बैठकमा संस्थापन इतर समूहले यही साउन २९ गतेका लागि राष्ट्रिय भेला बोलाएपछि कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक राखेर छलफल गर्ने तयारी गरेको हो ।

पार्टी नेतृत्वले आपसी एकताका लागि ठोस पहल नगरेको भन्दै नयाँ दल खोलेर अघि बढ्ने तयारीमा रहेको संस्थापन इतर पक्ष सर्वोच्च अदालतले पाटीको आधिकारिकताका विषयमा पुनरावलोकनको बाटो खुला गरेपछि केही पछि हटेको छ ।

सम्बन्धित खबर