9
काठमाडौँ, ८ पुस – जेनजी आन्दोलनका घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको छ ।
लेखकलाई आज मंगलबार पत्र काटिएको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिए । उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने पत्र नकाटिएको उनको भनाइ छ ।
आयोगले भदौ २३ र २४ गतेको आन्दोलनको समयमा तत्कालीन प्रशासनिक र प्रहरी प्रशासनका प्रमुख र प्रहरी अधिकारीसँग बयान सकेपछि राजनीतिक नेतृत्वसँग बयान लिन लागेको हो । लेखकपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि आयोगले बयानका लागि झिकाउन पत्र काट्ने तयारी गरिरहेको छ ।
