काठमाडौं, ७ आश्विन – नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यमा नयाँ कीर्तिमान बनाएको छ । आइतबार बढेको मूल्यले सोमबार पनि उकालो यात्रा जारी राखेर नयाँ कीर्तिमान बनाएको हो । सोमबार तोलामा४ सयले बढेर १ लाख ५९ हजार २ सय रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको थियो । चाँदीको मूल्य भने यस दिन स्थिर रहेको छ । अघिल्लो दिन तोलामा १ हजार ९ सय २० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले उल्लेख गरेको छ ।