काठमाडौं, १५ असोज – धादिङको गल्छी गाउँपालिका–४ मास्टारमा सुविधासम्पन्न ट्रिपल क्राउन रिसोर्ट सञ्चालनमा आएको छ ।
सफल युवा व्यवसायी केशव अधिकारी, दिपक अधिकारी र रमेश अधिकारीको संयुक्त लगानीमा सञ्चालित रिसोर्टलाई जिल्लामा अहिलेसम्मकै सुविधासम्पन्न रिसोर्टको रुपमा लिइएको छ ।
आन्तरिक तथा बाह्य पर्यटकको लागि विशेष सुविधा सम्पन्न रिसोर्टमा विवाह, व्रतबन्ध, सेमिनार, गोष्ठीलगायतका कार्यक्रमका लागि विशेष सेवासुविधाहरु रहेका सञ्चालक टिमले बताएका छन् । विश्वका विभिन्न देश भ्रमण र शैक्षिक क्षेत्रमा लामो अनुभव बटुल्नु भएका दिपक अधिकारी उक्त होटलको प्रवन्ध संचालक हुनुहुन्छ ।
एकै दिनमा पाँचदेखि सातसय जनाभन्दा धेरै पाहुनालाई आतिथ्यता, पाटी तथा भोजको राम्रो प्रवन्ध गर्न सकिने उहाँ बताउनुहुन्छ । आठ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा करिव १५ करोड लगानी लागेको बताइएको छ ।
पाहुनाहरुलाई रिसोर्टमा उच्चस्तरको सेवा सुविधाहरु उपलब्ध गराउने अधिकारी बताउनुहुन्छ । एकरातमा करिब पचास जना बास बस्न सक्ने यस रिसोर्टमा सबै कोठामा बातानुकुलित (एसी) जडान गरिएको छ ।
स्वीट, स्टान्डर्ड डिलक्स र डिलक्स सुविधा सम्पन्न कोठाहरु रहेका छन् । रिसोर्टमा पाहुना तथा पर्यटकको सुविधाका लागि कन्फेन्स हल, स्वीमिङ्ग पुल, बयस्क र बच्चाहरुको लागि छुट्टा छुट्टै छ भने कफि सप, बार र बच्चाहरुका लागि मनोरञ्जन तथा खेलकुँदका सामाग्री र सुन्दर बगैँचाको समेत सुविधा रहेको छ । रिसोर्टमा प्रयाप्त सवारी साधन राख्न मिल्ने पार्किङ्गको व्यवस्था गरिएको छ ।