कांग्रेस सभापति थापाले केन्द्रीय समितिमा प्रस्तुत गरे १५ औं महाधिवेशन कार्यतालिका

by onn

काठमाडौं, १० चैत –  नेपाली कांग्रेसका सभापति गगन थापाले आज बसेको केन्द्रीय कार्यसमिति बैठकमा १५ औं महाधिवेशन कार्यतालिका प्रस्ताव गरेका छन्। चैतबाट महाधिवेशन प्रक्रिया सुरू गरी भदौ मसान्तमा सक्ने प्रस्ताव छ।

कांग्रेसले गत पुसमा विशेष महाधिवेशन गरेको थियो। विशेष महाधिवेशन गरेको एक वर्षभित्र नियमित महाधिवेशन गर्नुपर्ने हुन्छ। यसअघि १४ औं महाधिवेशन २०७८ मंसिर २४ देखि २८ गतेसम्म भएको थियो।

यस्तो छ कार्यतालिका-

१. वैशाख १ देखि मसान्तसम्म क्रियाशील सदस्यता नवीकरण र वितरण गर्ने।

२. असार १५ गते केन्द्रले क्रियाशील सदस्यता छानबिन सक्ने।

३. असार मसान्तमा क्रियाशील सदस्यता वितरण निर्वाचन समितिलाई बुझाउने।

४. गाउँ, नगर वडा अधिवेशन- साउन ६ गते।

५. गाउँ/नगरपालिका अधिवेशन- साउन १२ गते।

६. प्रदेश सभा क्षेत्र अधिवेशन- साउन २३ गते।

७. प्रतिनिधि सभा क्षेत्र अधिवेशन- साउन ३० गते।

८. जिल्ला अधिवेशन- भदौ ६ र ७ गते।

९. प्रदेश अधिवेशन- भदौ १५ र १६ गते।

१०. केन्द्रीय महाधिवेशन- भदौ २४ देखि २६ गतेसम्म।

सम्बन्धित खबर

Leave a Comment