संसदमा प्रधानमन्त्रीको खोजी अनुहार हेर्न होइन, जवाफदेहिता खोजेको हो – सांसद खुस्बु ओली

by onn

काठमाडौं,  ३१ बैशाख – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले संसदमा प्रधानमन्त्रीको उपस्थिति केवल अनुहार हेर्न नभई जवाफदेहिता खोजेको बताएकी छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै ओलीले पहिलो अधिवेशनमा प्रधानमन्त्रीले सम्बोधन नगरे पनि आफूहरूले स्वीकार गरेको तर यस अधिवेशनमा नीति तथा कार्यक्रममाथि प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरिन ।

उनले भनिन्- ‘नीति तथा कार्यक्रम उहाँकै कार्यक्रम हो । तर, अपनत्व नलिई कार्यक्रमकै बीचमा उठेर जानुभयो ।उहाँका केही बाध्यता होलान्,तर संसदमा उठेका विषयमा जवाफ दिनुपर्छ।’

सांसद ओलीले सदनमा सुकुम्बासी र संवैधानिक परिषद्सम्बन्धी विषय उठाएको तर प्रधानमन्त्रीले संसदभन्दा सामाजिक सञ्जालमार्फत् जनतालाई जवाफ दिने गरेकोप्रति असन्तुष्टि व्यक्त गरिन् ।

सम्बन्धित खबर

Leave a Comment