दोस्रो पुस्ताका गैरआवासीय नेपाली (एनआरएन)हरूको संयोजक दीपमाला ढकाल बनिन् मिस नेपाल वर्ल्ड

by onn
Published: Updated:

काठमाडौँ – यस वर्षकी मिस नेपाल वर्ल्ड दीपमाला ढकाल बनेकी छन् । शनिबार भएको मिस नेपालका ग्राण्ड फिनालेमा उनले उक्त उपाधि जितेकी हुन् ।

यस्तै मिस नेपाल इन्टरनेसनलको उपाधि आर्या निशान्तले जितिन् भने मिस नेपाल कज्मो काशिश सुब्बा बनिन् । नेपालको सबैभन्दा प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस नेपाल द हिडन ट्रेजरले गरेको हो ।

दोस्रो पुस्ताका गैरआवासीय नेपाली (एनआरएन)हरूको संयोजक रहेकी दीपमाला ढकालले  मिस नेपाल वर्ल्ड–२०२६ को उपाधि जितेकी छन् । गत चैतमा भएको गैरआवासीय नेपाली संघको एकता महाधिवेशनबाट उनी दोस्रो पुस्ताको संयोजक चयन भएकी थिइन् ।

विदेशमा रहेका देस्रो पुस्ताका एनआरएनलाई नेपालसँग जोड्ने उद्देश्यले चैतको एकता महाधिवेशनबाट एनआररएनएले पहिलो पटक दोस्रो पुस्ताको संयोजक (सेकेन्ड जेनेरेसन कोअर्डिनेटर) को विधानमै व्यवस्था गरेको थियो । सोहीबमोजिम उनले इच्छा राख्दै उम्मेदवारी दिएर निर्वाचित भएकी थिइन्

एनआरएनएमा ‘दोस्रो पुस्ता’ भन्नाले विदेशमा जन्मिएका वा हुर्किएका नेपाली मूलका बालबालिका तथा युवालाई बुझिन्छ, जो नेपालसँग भावनात्मक, सांस्कृतिक र साङ्गठनिक रूपमा जोडिन चाहन्छन्  ।

एनआरएनएले दोस्रो पुस्तालाई नेपालसँग जोड्ने र आकर्षित गर्ने उद्देश्यले विभिन्न कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ । यसअन्तर्गत नेपाली भाषा, कला र संस्कृतिको हस्तान्तरणका लागि डिजिटल कक्षाहरू सञ्चालन गरिँदै आएको छ । साथै, दोस्रो पुस्ताका युवालाई समेट्न विशेष अन्तर्राष्ट्रिय युवा सम्मेलन तथा पिएनओज सम्मेलन आयोजना गर्ने गरिएको छ । त्यसैगरी, एनआरएनए लिग तथा विभिन्न खेलकुद र सामाजिक गतिविधिमार्फत युवालाई नेतृत्व विकास र संगठनसँग आबद्ध गराउने कार्यक्रमहरू पनि सञ्चालन हुँदै आएका छन् ।

उनै दोस्रो पुस्ताकी एनआरएनए नेत्री मिस नेपालको फाइनलमा २४ जना सुन्दरीहरूबाट छानिएका अन्तिम ६ प्रतिस्पर्धीहरू मध्येबाट पनि विजेता बन्न सफल भएकी हुन् । यो जित केवल एक सुन्दरीको सफलता मात्र नभएर एउटा गौरवशाली पारिवारिक इतिहासको निरन्तरता र गैरआवासीय नेपाली समुदायको एउटा ठुलो उपलब्धिसमेत भएको एनआरएनएका उपाध्यक्ष रोजिना प्रधान राई बताउँछिन् ।

उनै दोस्रो पुस्ताकी एनआरएनए नेत्री मिस नेपालको फाइनलमा २४ जना सुन्दरीहरूबाट छानिएका अन्तिम ६ प्रतिस्पर्धीहरू मध्येबाट पनि विजेता बन्न सफल भएकी हुन् । यो जित केवल एक सुन्दरीको सफलता मात्र नभएर एउटा गौरवशाली पारिवारिक इतिहासको निरन्तरता र गैरआवासीय नेपाली समुदायको एउटा ठुलो उपलब्धिसमेत भएको एनआरएनएका उपाध्यक्ष रोजिना प्रधान राई बताउँछिन् ।

सम्बन्धित खबर